Logo
Logo

सरकार खोज्दै पञ्चेबाजा बजाउँदै जुम्लावासी काठमाडौँमा


1.5k
Shares

काठमाडौं । जुम्लाबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सांसद गजेन्द्रबहादुर महतले पटक पटक कर्णालीको विकासका लागि आवाज उठाए । उनले संसदमा आक्रोश पोखे ।

कर्णालीमा समस्या पटक पटक राखे । निरन्तर खबरदारी गरे । तर कर्णालीको विकासका लागि राज्य बेखबर झै बन्यो । न सांसद महतले उठाएको आवाजको सम्बोधन हुन सक्यो। नत कर्णालीवासीका समस्या सम्बोधनका लागि कुनै पहल नै थाल्यो । उल्टै विकासका नाममा कनिका छर्ने काम भयो ।

संसदमा हरेक प्रकारले आवाज उठाउन नसुनेपछि सांसद महतले जुम्लादेखि पञ्चेबाजा लिएर काठमाडौंमा र्‍याली निकालिरहेका छन् । गजेन्द्रबहादुरले भने, ‘राज्यको कर्णालीप्रति हेर्ने नजर फेरिएन । राज्य व्यवस्था फेरियो । सरकार फेरियो तर कर्णालीको मुहार फेर्ने व्यवस्था आउन सकेन।’

‘राज्य नामको संयन्त्रले आजसम्म आफै बुझेर कुनै विकास गर्दैन । कर्णालीवासीलाई निकास दिँदैन । त्यसैले कर्णालीवासीले पटक–पटक राज्य खोज्नु परेको छ । राज्यको कान ठटाएर सुनाउनु परेको छ,’ उनले भने ।

‘सरकार आफैले बुझेर कर्णालीको माग सम्बोधन गर्ने मनसाय छैन,’ सांसद महतले भने,‘यसपालि पनि राज्यका कान नठटाई नहुने दिन आयो। देशमा बिजुली बलेको एक शताब्दी भइसक्दा समेत कर्णाली अँध्यारै छ। कर्णालीमा उज्यालो पुर्‍याउन र राम्रो सडक बनाउनको लागि पञ्चेबाजाको साहारा लिनुपर्‍यो।

उनलाई जुम्लामा बिजुली नियमित र व्यवस्थित गराउन दबाब दिनको लागि काठमाडौंमा पञ्चेबाजा ठटाएर राज्यलाई सुनाउने बाध्यता आइलाग्यो । महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्‍याली निकालेका हुन । स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित र्‍याली निकालिएको थियो ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्