काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गरेका छन् ।
महाधिवेशन सुरु हुन अघिल्लो दिन बिहीबार पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने भएका हुन् ।
बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको थियो । तर, नेताहरु आन्तरिक छलफलमा व्यस्त भएकाले १ बजे बैठक बोलाइएको भएपनि अझै सुरु भएको छैन ।
बैठकबाट विधान परिवर्तन गरेर सहमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्षले गरेपछि पोडेलले बहिस्कार गर्ने बताएका छन् । पौडेलले विधान परिवर्तन गर्ने कुरा आफूलाई अमान्य हुने स्पष्ट पारिसकेका छन् ।
आजै बिहान काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पौडेललाई भेट्न पुगेका थिए सो क्रममा पौडेलले विधान परिवर्तन गर्ने तयारीमा रहेको बताउँदै आफूलाई अमान्य भएको बताएका थिए । कांगे्रेसका १४औंँ महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।