Logo
Logo

अस्वथ्य भएपछि ओली पूर्व निर्धारित कार्यक्रममा नजाने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि पुर्व निर्धारित कार्यक्रममा सहभागी नहुने भएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेको ओली रुघा खोकीका कारण अस्वस्थ भएको उनको सचिवालयले जनाएको छ ।

सचिवालयका रामशरण बजगाईंका अनुसार अस्वस्थताकै कारण बिहीबार तय भएका प्रेस चौतारीले आयोजना गर्ने कार्यक्रममा उपस्थित नहुने भएको हो । ओली अस्वस्थ भएपछि सो कार्यक्रममा नेता प्रदीप ज्ञवाली सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्