Logo
Logo

सानेपामा कांग्रेस बैठक, पौडेल र सिंह अनुपस्थित



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सानेपामा केहीबेर अघि सुरु भएको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह भने सहभागी छैनन् । नेता पौडेलले यसअघि नै बैठक बहिस्कार गर्ने बताएका थिए ।

महाधिवेशनको पूर्वसन्ध्यामा बसेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले लेखा प्रतिवेदन पेश गर्दैछन् । साथै, १३औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको अन्तिम बैठक भएकाले सभापति शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सहयोग गर्ने पदाधिकारीहरुलाई धन्यवाद ज्ञापन गर्ने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

आजको बैठकमा सभापति देउवाले पदाधिकारी र केही केन्द्रीय सदस्यसमेत थप्ने प्रस्ताव लैजान लागेकाले त्यसको विरोध गर्दै नेता पौडेल र नेता सिंह अनुपस्थित भएका हुन् । काँग्रेसको १४औँ महाधिवेशन शुक्रबारबाट सुरु हुँदैछ । त्यसका लागि देशभरका अधिकांश प्रतिनिधि राजधानी आइसकेका छन् भने बाँकी साँझसम्ममा आइपुग्ने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्