Logo
Logo

ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु पर्यो : गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका कारण सिंगो देशले दुःख पाएको बताएका छन् ।

१४औँ महाधिवेशनका लागि महामन्त्रीमा उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै उनले ओलीको अहंकार र अयोग्यताका कारण देशले सजाय भोग्नु परेको बताएका हुन् ।

‘नेपाल कम्युनिष्ट, त्यो पार्टीको नेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको अहंकार र अयोग्यताका कारणले गर्दा सिंगो नेपाल, खास गरेर एउटा पुस्ताले नै करिब–करिब त्यसको सजाय भोग्नु परेको छ’ थापाले भने ।

उनले नचाहँदा नचाहँदै आफ्नो पार्टीको नेतृत्वमा सरकार सञ्चालन गर्नुपर्ने अवस्था आएको बताउँदै भने, ‘हामी चाहन्थौँ, सभापति शेरबहादुर देउवा पनि चाहनुहुन्थ्यो, अहिले कम्युनिस्टको सरकार होस् । हामी प्रतिपक्षीको भूमिका निर्वाह गरेर पाँच वर्षपछिको आवधिक निर्वाचनमा सरकार परिवर्तन गर्ने एउटा संकल्पका साथ आउने अवस्था बनोस् भन्ने हामी सबै चाहन्छौँ ।’

उनले अहिले आफ्नो पार्टीको प्रदेशमा पनि सरकार भएको तर आफूहरूको यस्तो चाहना नभएको बताए ।

१४औं महाधिवेशनमा थापाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्