Logo
Logo

कृष्ण सिटौला- आफू प्रतिस्पर्धा नगर्ने, आफ्नालाई जिताउने


5.5k
Shares

काठमडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कांग्रेसभित्र आम एकताको खाँचो रहेको बताएका छन् । बिहीबार आयोजना गरिएको कार्यक्रममा नेता सिटौलाले राजनीतिलाई ईमान्दारिताको बाटोमा लैजान पार्टीभित्र आम एकताको खाँचो रहेको बताएका हुन् ।

‘पार्टीभित्र आम एकता आवश्यक छ, आम जनतालाई कांग्रेससँग गाँस्न सक्नुपर्छ, कांग्रेसलाई व्यक्ति केन्द्रीत होइन पार्टी केन्द्रीत गराएर अगाडि बढाउनुपर्छ’, उनले भने । राजनीति आफ्ना लागि होइन जनताका लागि हो भन्ने विश्वास दिलाउनुपर्ने उनको भनाइ थियो ।

नेता सिटौलाले आफूसँग जोडिएका व्यक्तिलाई १४औँ महाधिवेशनमा स्थापित गराएर छाड्ने बताए । ‘अभाव, सङ्कट र दुःखमा साथ दिने साथीहरुका लागि उचित सम्मानका लागि मैले पहल गर्नेछु’, उनले भने ।

सिटौला आफू भने यसपटक कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने निष्कर्षमा पुगेका छन् । तर, आफ्नो समूहका नेतालाई जसरी पनि स्थापित गर्ने बताएका हुन् । उनले युवा नेता प्रदीप पौडेलको नेतृत्वमा आफ्नो समूहबाट प्रतिस्पर्धा गर्ने गराउने योजना बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्