Logo
Logo

‘पौडेललाई सर्वसम्मत प्रस्ताव गरे मान्न तयार छु’


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सर्वसम्मत सभापति प्रस्ताव गरे आफूलाई स्वीकार्य हुने बताएका छन् ।

शुक्रबार चितवन–काठमाडौं प्रजातान्त्रिक समाजले ललितपुरमा आयोजना गरेकोे कार्यक्रममा निधिले १३औँ महाधिवेशनमा सभापति लडेका तीन नेताले पार्टी सभापतिमा फेरि दाबी नगर्नु नै राम्रो हुने बताए । उनले सभापतिका चार दावेदारबीच सहमति खोज्ने र नभए निर्वाचनमा जाने उनको भनाइ छ ।

निधिले भने, ‘होइन शेरबहादुरजीले सर्वसम्मत सभापतिमा रामचन्द्र पौडेलको नाम प्रस्ताव गर्नुहुन्छ भने म मान्न तयार छु अन्यथा म नै सभापतिमा पदाधिकारीको टिम नै बनाएर प्रतिस्पर्धा गर्नेछु ।’

प्रतिक्रिया दिनुहोस्