काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पक्षका उम्मेदवारी छान्न छलफलमा जुटेका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा देउवा पक्षीय नेताहरु छलफलमा जुटेका हुन् ।

देउवा आफैँ सभापतिमा उम्मेदवारी दर्ता गर्दैछन् भने बाँकी पदाधिकारीका उम्मेदवार छनोटमा छलफल केन्द्रित छ । उपसभापतिमा देउवा पक्षबाट वर्तमान सभापति विजय गच्छदार, महामन्त्री पूर्णबहादुर खड्काले दाबी गरेका छन् ।
यस्तै, महामन्त्रीमा बालकृष्ण खाण, सहमहामन्त्री प्रकाशशरण महत, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की र प्रवक्ता विश्वप्रकाश शर्माले दाबी गर्दै आएका छन् ।
कृष्णप्रसाद सिटौला समूह पनि देउवा पक्षसँग जोडिने भएको छ । सिटौलाले महामन्त्रीमा प्रदीप पौडेलको नाम अगाडि सारेका छन् । तर, देउवा पक्षका नेता प्रदीप महामन्त्रीको उम्मेदवार भन्ने पक्षमा देखिएका छ्रैनन् ।














