Logo
Logo

मुख्यमन्त्री राईद्वारा ‘सप्तरङ्गी–३’ उद्घाटन



झापा । सङ्गीतको माध्यमबाट राष्ट्रिय एकताको सन्देश प्रवाहित गर्दै सातै प्रदेशमा आयोजना हुने सांगीतिक अभियान ‘सप्तरंगी’को तेस्रो संस्करण शुक्रबार साँझ पूर्वीद्वार काँकडभिट्टाबाट प्रारम्भ भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्र राईले काँकडभिट्टा बसपार्कमा भएको उक्त कार्यक्रमको उद्घाटन गर्नुभयो । कार्यक्रममा अभिनेता राजेश हमाल, गायक प्रमोद खरेललगायतका कलाकारको सहभागिता थियो । जनताद्वारा, जनताका निम्ति र जनतालाई भन्ने नाराका साथ सातै प्रदेशमा आयोजना हुने यो साङ्गीतिक कार्यक्रम काँकडभिट्टाबाट सुरु भएर क्रमशः अरु प्रदेशमा पुग्ने छ । बिगतमा कार्यक्रमका दुईवटा संस्करण आयोजना भइसकेका छन् ।

गृष्मा ब्रोडकास्टिङले कार्यक्रमको आयोजना गरेको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम आयोजना हुने कार्यक्रमका प्रदेश नं १ संयोजक विकास घिमिरेले बताउनुभयो । कार्यक्रममा गायक बद्री पङ्गेनी, रामकृष्ण ढकाल, अनिल सिंह, हाँस्यकलाकार सन्दीप छेत्री, राजा राजेन्द्र, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेतीलगायतको उपस्थिति रहेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्