Logo
Logo

उपसभापतिमा सुजाता कोइरालाको उम्मेदवारी



काठमाडौं । नेपाली कांग्रेस नेत्री सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी दिने भएकी छन् । उनले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिने भएकी हुन् ।

नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँका अनुसार सुजाताले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिन लागेको पुष्टि गरे । बानियाँ प्रकाशमान सिंह निकट मान्छिन् ।

सभापति बानियाँले पदाधिकारीका लागि संस्थापन र पौडेल समूहका नेताहरूसँग छलफल भइरहेको पनि बताएका छन् । सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका प्रकाशमानले आज आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दैछन् ।

शुक्रबार सुरु भएको कांग्रेसको १४औँ महाधिवशेनमा आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । आजै उम्मेदवारको मनोनयन दर्ता हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्