काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३१ विभाग गठन गरेको छ । केन्द्रीय सचिवालयको विभिन्न बैठकको निर्णयबाट गठित विभागको जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।
त्यस्तै, २ वटा प्रदेश कमिटीको पनि अनुमोदन गरिएको अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानी–३) मा उल्लेख छ । एकीकृत समाजवादीले प्रदेश १ मा बलदेव चौधरीको अध्यक्षतामा २४५ सदस्यीय कमिटी बनाएको छ ।
त्यस्तै प्रकाश ज्वाला इन्चार्ज र अम्मरबहादुर थापा अध्यक्ष रहेको १६६ कर्णाली प्रदेश कमिटी गठन गरिएको छ । बाँकी प्रदेश कमिटीहरूलाई आफ्ना प्रदेश कमिटी विस्तारसम्बन्धी निर्णय गरी अनुमोदनका लागि केन्द्रमा पठाउन निर्देशन जारी गरिएको छ ।














