
काठमाडौं । आदिवासी जनजाती पत्रकारहरुको छाता संगठन नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फेनिज)को आज देशभरका जिल्लाहरुमा अधिवेशन हुँदैछ ।
फोनिजले आज देशभर एकैसाथ जिल्लाहरुमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने भएको हो । फोनिज इतिहासमै पहिलोपटक आज देशभर तथा विदेश शाखाहरुमा एकैदिन जिल्ला अधिवेशन हुँदैछ ।
फेनिजका अध्यक्ष डण्ड गुरुङले सम्पूर्ण जिल्ला शाखाहरुलाई अधिवेशनको सफल्ताको शुभकामना दिँदै अधिवेशनमार्फत फोनिज अभियानलाई शिखर पुर्याउने जुझारु नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।
आज जिल्ला अधिवेशन सम्पन्न गरेर यहि पुस २४ गते एकै दिन प्रादेशिक महाधिवेशन गर्ने फोनिजको तयारी छ । त्यसपछि फोनिजले माघ ७ र ८ गते सातौँ संघीय महाधिवेशन गर्दैछ ।
फोनिजको ५४ जिल्ला र सात वटा प्रदेशमा समिति निर्माण भएको छ । त्यस्तै ६ वटा विदेश शाखाहरुमा रहेका छन् ।














