Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

कल्याण गुरुङद्धारा सभापतिमा उम्मेदवारी दर्ता



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा युवा नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङले सभापति पदमा भृकुटिमण्डस्थित निर्वाचन समितिको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्