Logo
Logo

देउवा प्यानलबाट चिरन्जीवि थापाद्धारा सदस्यमा उमेद्धारी



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा खस आर्यको केन्द्रिय सदस्यमा चिरन्जीवि थापाले उमेद्धारी दर्ता गराएका छन् ।

सभापति शेरवहादुर देउवा प्यानलबाट उनलाई एक नम्वर प्रदेशले सहयोग गर्ने वुझिएको छ । कांग्रेस स्रोतका अनुसार प्रदेश १ का देउवा निकट नेताहरुले उनलाई समर्थन गरेको बुझिएको छ ।

थापा लामो समयदेखि कांग्रेसको जनसम्पर्क समिति जापानमा रहेर काम गर्दै आएका थिए । देउवा निकट एक नेताका अनुसार थापालाई खस आर्यतर्फको केन्दिय सदस्यमा अहिलेसम्म बलियो साथ रहेको छ ।

विद्यार्थी संगठनबाट राजनीति थालेका थापा पटक पटक महासमिति, महाधिवेशन प्रतिनिधी भइसकेका छन् । थापालाई काँग्रेस नेता डाक्टर रामशरण महतको समते समर्थन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्