Logo
Logo

किसानलाई कुपन पाउनै मुस्किल



काठमाडौं । बाँकेस्थित गनापुरका किसान रामसेवक यादव धान बिक्रीका लागि कपुन लिन कृषि ज्ञान केन्द्र पुग्दा बिहानको आठ बजिसकेको थियो । उनी कृषि ज्ञान पुग्दा किसानहरूको पातलो उपस्थिति थियो। जब कुपन दिने समय आउन थाल्यो तब पातलो उपस्थित भीडमा परिणत भयो । धान बिक्रीका लागि खुसी मुन्द्रामा आएका यादवको मुहार घर फर्किंदा मुस्कान हरायो । कारण, ‘दिनभरि लाइन बस्दा पनि कुपन नपाउनु।’

‘दिनभरि लाइन लाग्दा पनि एउटा कुपन पाउन सकेन,’ उनले भने, ‘उत्पादन गरेर मात्र के गर्नु धान बिक्री गर्नै समस्या छ।’ किसानलाई धान उत्पादन गर्नुभन्दा बिक्री गर्नु कठिन भएको भन्दै उनले सहज कुपन पाउन नसकेको बताए । उनी जस्तै जानकी गाउँपालिकाका प्रवीण भगवान्ले पनि दिनभरि लाइनमा बस्दा कुपन पाएनन् ।

‘दिनभरि लाइनमा थिएँ,’ उनी भन्छन्, ‘अगाडिबाट मान्छेले कुपन लिएकोलिएइ थिए। तर पछाडिको लाइन अगाडि बढेन।’ यता राप्तीसोनारी गाउँपालिका–५ बिनौनाका किसान राधेश्याम थारु कुपन लिनको लागि बिहानै ७ बजे कार्यालय पुगे पनि साँझतिर कुपन पाए। ‘भीडमा झगडा गरेर बल्लतल्ल कुपन पाइयो । सिफारिस लिने पालो कहिले आउने हो पत्तो छैन,’ उनले भने, ‘आफैँले दुःख गरेर फलाएको धान बिक्री गर्नसमेत यस्तो सास्ती भोग्नुपर्ने, जति सरकार आए पनि किसानका दुःख कहिल्यै नजाने भए।’, या समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्