Logo
Logo

मगरात राष्ट्रिय समन्वय समितिका अध्यक्षमा पुरमती मगरको



बलेवा । जनता समाजवादी पार्टीकोे शनिबार बागलुङमा सम्पन्न प्रथम मगरात राष्ट्रिय भेलाले २७ सदस्यीय मगरात राष्ट्रिय समन्वय समिति गठन गरेको छ ।

पाल्पाली नेता पुरमती मगरको अध्यक्षतामा समन्वय समिति गठित सोसमितिका उपाध्यक्षहरूमा हरि घर्ती, श्याममाया मगर, अमर भण्डारी र राजेश पुन, मुख्यसचिवमा कृष्ण सापकोटाले तथा सचिवहरूमा धनीलाल राना र ओमप्रसाद गुरुङ तथा कोषध्यक्षमा नेत्र थापा चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । पहिचानसहितको सङ्घीयतको माग गरिरहेको पार्टीले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका ११ जिल्लालाई समेटेर समन्वय समिति गठन गरेको हो ।

गण्डकी प्रदेशमा नवलपुरकी नेता सुस्मिता थापाको संयोजकत्वमा २७ सदस्यीय समिति गठन भएको छ । कर्णालीमा ओमबहादुर पुनलाई संयोजकको जिम्मेवारी दिइएको छ । समितिका सदस्यहरु चयन हुन बाँकी रहेको जसपाले जनाएको छ । लुम्बिनी प्रदेशको संयोजकमा अर्घाखाँचीका टोपबहादुर बराल चयन हुनुभयो । लुम्बिनीमा पनि २७ सदस्यीय समिति बनेको छ ।

भेलालाई सम्बोधन गर्दै जसपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानले गरेका धर्मनिरपेक्ष राष्ट्र र गणतन्त्रलाई संरक्षण गर्दै सङ्घीयताको पुनःसंरचनाका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्