
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् ।
उनीहरुले प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए ।
निर्वाचन समिति सदस्य तेज रावलका अनुसार यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको हो । ढुंगाना र रिजाल दुबै संस्थापन पक्षका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजो उम्मेदवारी दर्ता भएको थियो । उम्मेदवारहरुको मनोनयन फिर्ता लिने समय आज बिहान ११ बजेसम्म छ ।














