Logo
Logo

पत्रमार्फत भोट माग्दै आचार्यले भने, ‘मतदान गर्न जाँदा विचार कि गुट रोज्ने ?



काठमाडौं । नेपाली कांग्रेसका १४औँं महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्यले भोट माग्ने तरिका फरक अपनाएका छन् । अन्य उम्मेदवारले एसएमएस र सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन् । तर, आचार्यले हस्तलिखित पत्रमार्फत मत मागिरहेका छन् ।

आइतबार महाधिवेशन प्रतिनिधिलाई सम्बोधन गर्दै उनले लेखेको पत्र लेखेर मत मागेका छन् । पत्रमा उनले भनेका छन्, ‘मतदान गर्न जाँदा विचार रोज्ने कि गुट रोज्ने ? तपाईंको विवेकले उचित निर्णय गर्नेछ ।’

स्वतन्त्र उम्मेदवारी दिएका उनले पार्टीभित्र मर्न थालेको नीति र विचारको राजनीतिलाई नयाँजीवन प्रदान गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् ।

उनले भनेका छन्, ‘‘गुटबन्दीको धमिराले खाइराखेको संगठनको शक्तिलाई जोगाउनका लागि मेरो उम्मेदवारी हो। निष्ठाको राजनीति गर्ने साथीहरूको स्वाभिमानमाथि पैसा र बल प्रयोगको प्रहार रोक्नका लागि हो ।’

प्रतिक्रिया दिनुहोस्