Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

मतगणना अपडेट : देउवालाई पछ्याउँदै कोइराला, निधि र गुरुङ धेरै पछि


5.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणना अहिले भइरहेको छ । सोमबार मध्यरातमा मतदान सकिएपछि मंगलबार बिहान सवा ४ बजे राष्ट्रियसभा गृहमा मत गणना सुरु भएको हो ।

सुरुमा सभापति पदको मतगणना सुरु गरिएको थियो । पछिल्लो मतगणना अपडेट अनुसार शेरबहादुर देउवाको अग्रता कायमै छ । देउवाले अग्रता लिइरहेका छन् । अर्का प्रत्याशी शेखर कोइरालाले देउवालाई पछ्याइरहेका छन् ।

सभापतिका अरु उम्मेदवारहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ धेरै पछि छन् । बिहानैदेखि मतगणनाको परिणाम सार्वजनिक हुन थालेपछि अहिले सभागृहमा प्रतिनिधि र कार्यकर्ता र पत्रकारको भिड देखिन थालेको छ ।

सभागृहमा भित्र मतगणना भैरहेको छ बाहिर भने मत परिणामको प्रतीक्षा गर्नेहरु कुरिरहेका छन् । मत गणनास्थलको दृश्य स्क्रिनमा हल बाहिरै देखाइएको छ । मत गणनास्थल बाहिर गेटदेखि नै सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

यस्तो छ पछिल्लो मतपरिणाम अपडेट
मतगणना अनुसार हालसम्म ३२८२ मत गणना भइसकेको छ । जसमा शेरबहादुर देउवाले १५०० मत कटाएका छन् । उनले १५५६ मत पाउँदा अर्का उम्मेदवार शेखर कोइरालाले ११९७ मत पाएका छन् । त्यस्तै प्रकाशमान सिंहले भने २५७ र विमलेन्द्र निधिले २०१० मत पाउँदा कल्याण गुरुङले १७ मत पाएका छन् ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । उम्मेदवारलाई विजयी हुन २३४० मत आवश्यक पर्छ । कुनै पनि उम्मेदवारले यो मत पाए विजयी हुनेछ छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच पुनः प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्