काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणको प्रतिस्पर्धा हुने भएको छ । दोस्रो चरणको प्रतिस्पर्धा हुने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको नजर प्रकाशमान सिंहतिर परेको छ ।
राष्ट्रिय सभागृहमा चलिरहेको मतगणना नसकिँदै गृहमन्त्री बालकृष्ण खाँण सिंहलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका हुन् । भेटमा उनले सहयोग मागेको बताइएको छ ।
सभापतिका उम्मेदवार सिंह तेस्रो स्थानमा रहेका थिए । उनले ३७१ मात्र भोट पाएका छन् । चौथो स्थानमा रहेका विमलेन्द्र निधिले पनि २४९ मत पाएका हुन् ।
दोस्रो चरणमा मतदान हुँदा २२५८ मत ल्याएका देउवा र १७४९ मत पाएका शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ । यो अवस्थामा देउवालाई सिंह वा निधिमध्ये एकको समर्थन भए जित हुनेछ । जसमा शेखरलाई दुबैको समर्थन आवश्यक पर्छ ।