Logo
Logo

मध्यराती गृहमन्त्रीलाई तनाव


201.8k
Shares

काठमाडौं । गत मंसिर २० गतेपछि नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू उपत्यका आउन थालिसकेका थिए । काठमाडौंको होटलहरू कांग्रेसमय भएको थियो ।

त्यही क्रममा प्रहरीले एक सूचना पायो–कांग्रेसका केही नेतासहितका व्यक्ति स्वयम्भुको एउटा घरमा तास खेलिरहेका छन् । नभन्दै प्रहरीको सूचना सही ठहरियो, ठूलो जुवाखाल चलिरहेको अवस्थामा प्रहरीले छापा हान्यो । जसमा १६ जना जुवाडे १६ लाख ९३ हजार पाँच सय रुपैयाँसहित पक्राउ परे । प्रहरीको पक्राउ सूचीको १५ नम्बरमा रमेश धमला थिए ।

तर, उक्त घटनामा धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमला पक्रउ परेको भन्ने निराधार भएको छ । धमलाले आफू उक्त घटनामा पक्राउ नपरेको टेलफोनबाट बताए ।

प्रहरीका अनुसार धमलासहित आशिष गिरी, मिसिङग मगर, नवीन भुजेल, धुन्चे लामा, किरण भुजेल, दावा लामा, शम्भु लामा, प्रेमध्वज खड्का, राज मोक्तान, अष्टमान स्याङतान, सुनिता राई, दिवश भुजेल, राजु नगरकोटी, सुवास बरुवाल र बागे लामा पक्राउ परेका थिए ।

प्रहरीको सूचनाका आधारमा समाचार प्रकाशित गरिएको थियो । तर, धमलाले आफू पक्राउ नपरेको र अरु कोहीसँग मिल्दो नामका व्यक्ति पक्राउ परेको बताए ।
यस समाचारबाट नेपाली कांग्रेस धादिङका नेता रमेश धमलाको छविमाथि परेको असरप्रति माफी चाहन्छौं ।

प्रतिक्रिया दिनुहोस्