काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधैबीच सरकारले ६ वटा अध्यादेश प्रतिनिधि सभाका बैठकमा पेस गरेको छ ।
मंगलबारको बैठकमा सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गर्नेछन् । उनले नै तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ पेस गरेका छन् ।
एमाले सांसदको नाराबाजीकै बीच सभामुख सापकोटाले रेल्वे अध्यादेश पेश गर्न अनुमति दिएपछि उक्त अध्यादेश पनि मन्त्री बडुले पेश गरेका थिए । त्यस्तै कानुनमन्त्री बडुले नै यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ र फौजदारी कार्यविधिसम्बन्धी अध्यादेश पेश गरेका छन् ।
सभामुख अग्नि सापकोटाले बैठकमा राष्ट्रपतिले बैठक आव्हानसम्बन्धी पत्र पढेर सुनाए लगत्तै एमाले सांसदहरु उठेर रोस्ट्रम घेर्दै नाराबाजी गरेका थिए ।














