Logo
Logo

शरणार्थीका नाममा चलखेल



काठमाडौं । देशमा बिचौलियाहरू कतिसम्म शक्तिशाली छन् भन्ने कुरा हालै सरकारको एक निर्णयले देखाएको छ । नेपालमा रहेका भुटानी शरणार्थीका सन्तानलाई परिचय दिने नाममा नेपालीहरूलाई शरणार्थी बनाएर तेस्रो देश लैजाने धन्दा चलिरहेको छ । जसमा गृह मन्त्रालयले नै सहयोग गरिरहेको रहस्य खुलेको छ ।

त्यसका लागि गृह मन्त्रालयले दुई वर्षअघि पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको एक समिति बनाएको थियो । उक्त समितिले चार सय २९ जनालाई शरणार्थी परिचयपत्र दिन सिफारिस ग¥यो । जसमा केही नेपालीहरू समेत छन् । उनीहरूलाई शरणार्थीको परिचयपत्र बनाएर अमेरिकालगायत देश लैजाने भनेर एक गिरोहले पैसा उठाएको बुझिएको छ । सोही आधारमा उनीहरूको नाम प्रमाणिकरणमा छुटेका शरणार्थी भनेर सिफारिस गरिएको स्रोत बताउँछ ।

केही दिनअघि मन्त्रिपरिषद्ले छुटेकालाई फेरि परिचयपत्र दिने निर्णय गरेको छ । त्यसमा नेपालीहरूको नाम भूटानी शरणार्थीको लिष्टमा राख्न चलखेल भइरहेको छ ।

गृह मन्त्रालयकै बदनाम शाखा अधिकृत दीपक न्यौपाने यो धन्दामा रहेको स्रोत बताउँछ । पन्थी नेतृत्वको समितिमा समेत रहेका उनले नै सूचीमा अन्य व्यक्तिको नाम हालेका हुन् । यसअघि कारागार व्यवस्थापन विभागमा हुँदा न्यौपाने कैद छुट दिलाएर कैदी छुटाउनेदेखि कैदीको सरुवामा समेत पैसा उठाउँथे भनिन्छ । अहिले जिल्ला प्रशासन कार्यालय ललितपुरको मुद्दा शाखामा पनि उनको असुली धन्दा जारी रहेको स्रोत बताउँछ । नेपालीलाई सेटिङका आधारमा शरणार्थी परिचयपत्र दिलाउन उनी सक्रिय रहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

प्रतिक्रिया दिनुहोस्