ओलीको पूर्वमाओवादी मोहले खटपट « Drishti News – Nepalese News Portal
Logo

ओलीको पूर्वमाओवादी मोहले खटपट


दृष्टि संवाददाता


काठमाडौं । एमालेभित्र १०औं महाधिवेशनपछि पूर्वमाओवादीलाई महत्व दिइएको छ । पार्टी नेतृत्वले सुरुदेखि नै एमाले भई काम गर्दै आएकालाई भन्दा माओवादी छाडेर आएका नेताहरूलाई महत्वका साथ जिम्मेवारी दिएको छ ।

वरीयताक्रम,कार्यविभाजन र केन्द्रीय सदस्य मनोनयनमा पूर्वमाओवादीलाई महत्व र जिम्मेवारी दिन कुनै कन्जुस्याइँ गरिएको छैन । एमाले छाडेर माओवादीमा गएका र फेरि एमालेमै आएका नेताहरूलाई पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले महत्व दिएका छन् ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनमा आफूलाई असहयोग गर्ने र दसौँ महाधिवेशनमा बखेडा निकाल्ने नेतालाई भन्दा चुपचाप बस्ने पूर्वमाओवादी नेतालाई पार्टी जिम्मेवारीमा उपल्लो स्थानमा राखेका छन् ।

ओलीले पार्टी उपाध्यक्षहरू विष्णु पौडेल,सुवास नेम्वाङ,सुरेन्द्र पाण्डेभन्दा माओवादीबाट आएका रामबहादुर थापालाई वरीयतामा माथि राखेका छन्। थापाले ओली प्रधानमन्त्री हुँदा उनको सरकारमा बसेर सहयोग गरेका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्