Logo
Logo

सन २०२१ गुगलमा मा सबैभन्दा धेरै के खोजियो ?



काठमाडौं । गुगलले साइटमा खोजि भएको सन् २०२१ मा को महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची निकालेको छ ।

जसमा विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च प्रणाली प्रस्तुत भएको छ । जसका सन २०२१ मा मानसिक स्वास्थ्य मेन्टल हेल्थ विश्वभरि नै हालसम्मकै धेरै सर्च गरेको बीबीसीले उल्लोख गरेको छ ।

बीबीसीका अनुसार आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भएको अनुमान गरिएको छ । विश्वले हाउ टु मेन्टेन मेन्टल हेल्थु अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र ुहाउ टु हीलु अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च भएको समाचारमा उल्लेख गरिएको छ ।

सो पछि जलवायु परिवर्तन जलवायु परिवर्तनको भयावह असरका रूपमा विश्वले सन् २०२१ मा आइडा नामक समुद्री तुफानदेखि खडेरी र भीषण डढेलोसम्मको सामना गर्‍यो। गुगल तथ्याङ्कका अनुसार हामीले यसअघि कहिले खोजी नगरेको स्तरमा हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गरेको तथ्य गरगलले बाहिर ल्याएको छ ।

सो पछि खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई्् सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयो । हाउ टु गेट ए जबु अर्थात्‌ जागिर कसरी पाउने भन्दा ुहाउ टु स्टार्ट ए बिजनेसु अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखिएको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्