Logo
Logo

कांग्रेसमा पुस्तान्तरणः पुरानो दलमा गगन र विश्वले नयाँ उत्साह



काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते भएको निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतगणनामा २०४६ को राजनीतिक परिवर्तनपछि उदाएका दुई युवा नेता कांग्रेस महामन्त्रीको जिम्मेवारीमा पुगेका हुन् ।

विद्यार्थी राजनीतिमा मात्र होइन,एउटै ‘स्कुलिङ’ बाट अघि बढेका शर्मा र थापा १४औं महाधिवेशनमा भने अलग समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिएका थिए । पार्टीको १३औं महाधिवेशनसम्म एउटै समूहमा रहेर सक्रिय उनीहरू त्यसपछि भने फरक समूहमा थिए ।

१४औं महाधिवेशनमा शर्मा र थापामात्र होइन, धनराज गुरुङ, प्रदीप पौडेलसम्मका नेता एउटै समूहमा अटाउने पार्टीका नेता तथा कार्यकर्ताले अपेक्षा गरेका थिए । तर शर्मा, थापा र पौडेल अलगअलग समूहबाट एउटै पदको प्रत्याशी बने ।

थापा नेता शेखर कोइरालाको समूहबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए भने शर्मा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग जोडिन पुगे । पौडेल अन्तिम समयमा सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको प्रतिस्पर्धामा उत्रिए । महामन्त्रीकै उम्मेदवार बन्ने घोषणा गरेका गुरुङ भने शेखर समूहबाट उपसभापतिको उम्मेदवार बनेर विजयी भएका छन् । नेपाल विद्यार्थी संघको राजनीतिमा गुरुङ सबैभन्दा सिनियर हुन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्