Logo
Logo

तामाङ पत्रकार संघको अध्यक्षमा सुवास योञ्जन चयन



काठमाडौं । नेपाल तामाङ पत्रकार संघका अध्यक्षमा सुवास योञ्जन चयन भएका छन् । सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको उपस्थितिमा संघको शनिबार सम्पन्न छैटौँ राष्ट्रिय महाधिवेशनबाट योञ्जनका अध्यक्षतामा ३५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा बुद्ध योञ्जन, प्रथम उपाध्यक्ष विश्वराज तामाङ, द्वितीय उपाध्यक्ष नेत्र तामाङ, महिला उपाध्यक्ष अञ्जु तामाङ, महासचिव तीर्थराज बल, सचिव शिशिर तामाङ, उर्गेन लो तामाङ, सरस्वती तामाङ र कोषाध्यक्ष डोल्मा छिरिङ तामाङ चयन भएका छन् ।

सदस्यहरूमा अनुप योन्जन, इच्छामान तामाङ, युनिक रक्षा ग्लान, बिमल तामाङ, शर्मिला तामाङ, मिक्साङ लामा, राजेस रुम्बा, किशोर कुमार ब्लोन, साङ बहादुर लो ९राजु०, मिलन कुमार लामा, हिरामान बल, गमला लामा, जिबि लामा, शान्ति तामाङ, मानवी मोक्तान, रामचन्द्र तामाङ, कृतिका ग्लान, मिङ्मा लामा लगायत रहेका छन् ।

त्यस्तै नवनिर्वाचित अध्यक्ष योञ्जनले आफ्नो कार्यकालमा तामाङ पत्रकारको क्षमता र मुद्दालाई अझै उचाइमा पुर्याउने बताए । ३५ सदस्यीय सदस्यमा बाँकी सदस्यहरु पछि मनोनितबाट आउने उनले बताए । संघले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो ।

महाधिवेशन सूचना सञ्चारर तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की उद्घाटन गरेका थिए । तामाङ पत्रकार संघमा २२ जिल्लामा शाखा, बागमती र प्रदेश १ मा प्रदेश समिति रहेको छ । त्यस्तै दक्षिण कोरियामा प्रवास शाखा समिति रहेको छ । संघले हाल देशभर गरी करिव ३५० जना भन्दा बढी तामाङ पत्रकार रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्