Logo
Logo

बालबालिकालाई ५७ जिल्लामा कोरोनाविरूद्धको खोप लगाउन सुरु



काठमाडौं । सरकारले ५७ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोरोना भाइरसविरूद्धको मोडर्ना खोप लागाउन सुरू गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार (हिजो पुस ४) देखि पुस १४ गतेसम्म लगाउन मिल्न गरि खोप दिन सुरू गरिएको हो ।

खोप शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाका अनुुसार ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकाका लागि झन्डै साढे १८ लाख खोप पठाइएको छ । एकैपटक सबै जिल्लालाई पुग्ने खोप अहिले नरहेकाले सुरूमा ५७ जिल्लामा दिइने र थप खोप आएपछि बाँकी रहेका जिल्लाहरूमा पठाइने उनले बताए ।

५७ जिल्लामा प्रदेश १ का ११ वटा, प्रदेश २ का ५ वटा, बागमतीका ७ वटा र गण्डकीका ९ वटा छन् । त्यस्तै लुम्बिनी र कर्णालीका ९ वटा र सुदूरपश्चिमका ७ वटा जिल्लाहरू छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पुस ४ देखि १४ गतेसम्म पहिलो मात्रा लगाएका बालबालिकालाई माघ २ देखि १२ गतेसम्म दोस्रो मात्रा दिइनेछ ।

प्रतिक्रिया दिनुहोस्