Logo
Logo

ओछ्यानमा पिसाब फेर्छ भनेर वार्डेनले विद्यार्थीको पिसाब फेर्ने अंगमै रबर बाँधिदिए



काठमाडौं । विद्यार्थीको हेर बिचार गर्न होस्टलमा वार्डेन राखिन्छ । उसको काम नै विद्यार्थीको खानपान, रहनसहन र पढाईबारे ख्याल राख्नु हो । उसो त वार्डेनलाई शिक्षककै रुपमा पनि हेरिन्छ । शिक्षक भनेको गुरु । अर्थात शिक्षाको उज्यालो छर्ने । गुरुलाई भगवानकै रुपमा हेरिन्छ ।

तर पोखराका एक वार्डेनले विद्यार्थीको हेरचाह गर्नुको सट्टा उल्टै यातना दिएका छन् । पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वरचोकमा रहेको न्यू–लाईफ स्कुलमा आश्रित डोल्पाका ५ वर्षिय नाबालक रेमन बुढालाई होस्टल वार्डेन जानुका नेपालीले यातना दिएकी हुन् । उनले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर रेमनको पिसाब गर्ने ठाउँ (लिङ्ग)लाई रबरले बाँधि दिएर यातना दिएकी छन् । रेमन मात्र होईन होस्टलमा बस्ने अधिकांशलाई उनले यसरी नै यातना दिने गरेको पीडित विद्यार्थीहरु बताउँछन् ।

बुबा नभएका र आर्थिक अवस्था कमजोर भएर आमाले पालनपोषण गर्न नसकेपछि रेमन केहि समय अगाडिदेखि उक्त होस्टलमा बस्दै आएका थिए । उनीसँगै त्यहाँ ९ जना बालबालिका बस्ने गर्छन् । सो होस्टलका ५ जना विद्यार्थी पोखरा–१५ फलेपाटनमा रहेको सिद्ध माविमा अध्ययन गर्दै आएका छन् । रेमन भने कक्षा नर्सरीमा अध्ययनरत छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्