Logo
Logo

माओवादी केन्द्र बागमतीको अध्यक्षमा सरल सहयात्री



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र वाग्मती प्रदेश समितिको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । पौडेल १६२ मत ल्याएर अध्यक्ष पदमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी दिनानाथ गौतमले ८६ मत ल्याएका थिए ।

त्यसैगरी उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेमबहादुर पुलामी निर्वाचित भएका छन् । सचिवमा इन्द्रबहादुर थिङ (छिन्ताङ) विजयी भएका छन । उनले १४९ मत प्राप्त गरेका थिए ।

सहसचिवमा दलबहादुर बुर्लाकोटी, माधवप्रसाद लामिछाने र प्रकाश श्रेष्ठ विजयी भएका छन् । त्यस्तै कोषाध्यक्ष पदमा संगीता भट्टराई निर्वाचित भएकी छन् ।

बागमती प्रदेशको सम्मेलनले दुई सय ४५ सदस्यीय प्रदेश कमिटी मात्र चयन गरेको थियो । पदाधिकारीमा सहमति जुट्न नसकेपछि केन्द्रको निर्देशनमा मंगलबार साँझ भएको चुनाव भएको थियो ।

प्रतिक्रिया दिनुहोस्