Logo
Logo

मोदीद्धारा पाँच देशका विदेशमन्त्रीसँग छलफल



काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मध्य एसियाली पाँच देशमा रहेका विदेशमन्त्रीसँग छलफल गरेका छन् ।

उनले हिजो हिजो कजाकिस्तान, किर्गिज गणतन्त्र, ताजिकिस्तान, तुर्कमेनिस्तान र उज्बेकिस्तानका विदेश मन्त्रीसँग छलफल गरेको त्यहाँका संचार माध्यमले उल्लेख गरेका छन् । सो भेट वर्तामा पाँच देशका विदेशमन्त्रीले भारतसँगको सम्बन्धलाई थप बलियो बनाउनुपर्ने कुरामा जोड गरेका थिए ।

प्रधानमन्त्री मोदीले पनि दिगो र स्थायी सम्बन्धमा जोड तथा निरन्तरता दिने भारत र मध्य एसियाबीचको आर्थिक सहयोगको सम्भावना र कनेक्टिभिटीको भूमिकालाई पनि जोड दिएर लौजाने तर्क गरेका थिए । हाल भारत–मध्य एसिया संवादको तेस्रो बैठकमा सहभागी हुन मध्य एसियाली देशका विदेशमन्त्रीहरू अहिले नयाँ दिल्लीमा छन् ।

प्रतिक्रिया दिनुहोस्