Logo
Logo

चोरीको मोटरसाइकलसहित दुई पक्राउ



काठमाडौँ । काठमाडौंको लामबगरबाट चोरीको मोटरसाइकलसहित दुई जनालाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले नियन्त्रणमा लिएको छ ।

सादा पोसाकमा खटिएको टोलीले लामबगरबाट घरको पार्किङमा लुकाइराखेको अवस्थामा प्रदेश३–०२–०११प ८०७३ नम्बरको कालो रातो रङको २२० सिसीको पल्सर मोटरसाइकलसहित नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ प्रवक्ता एवं प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए ।

पक्राउ पर्नेमा धादिङ खनियाबास गाउँपालिका–३ घर भई गैरीगाउँ लामाबगर बस्ने १९ वर्षीय पारस तामाङ र धादिङ नेत्रावती डब्जोङ गाउँपालिका–१ घर भई लामबगर बस्दै आएका २२ वर्षीय बुद्धिबहादुर तामाङलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ ।

पक्राउ भएको उक्त मोटरसाइकल मनमैजु घर कम्पाउण्डबाट यही मंसिरमा हराएको भनी काठमाडौं तारकेश्वर नगरपालिका–८ मनमैजु बस्ने सुजीन्द्र लामाले ट्राफिक महाशाखामा निवेदन दिएका थिए । मोटरसाइकलसहित पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धान तथा चोरी मुद्दामा कारबाहिका लागि महानगरीय प्रहरी बृत्त बालाजुमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्