माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी « Drishti News – Nepalese News Portal
Logo

माओवादी केन्द्र प्रदेश १ को अध्यक्षमा हर्कबहादुर विजयी


दृष्टि संवाददाता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र प्रदेश १ समितिको अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन् । अध्यक्षमा नेम्वाङले १६९ मत ल्याउँदा उनका प्रतिस्पर्धी मुक्साहाङ मेन्याङ्बोले ६४ मत मात्रै ल्याएका छन् । अध्यक्षमा ७ मत बदर भएको थियो ।

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १ सय ११ मत, देवान चाम्लिङले १ सय २० र शिवकुमार डाँगीले १ सय १३ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा गणेश उप्रेती १४८ मत ल्याएर विजयी बने भने उनका प्रतिस्पर्धी सिपी कडरियाले ८३ मत मात्रै ल्याउन सफल भए । तीन सहसचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुंगाना ९५ मत ल्याएर विजयी भएका छन् । कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी विजयी भएका छन् ।

निर्वाचन समितिका संयोजक राजन किराँतीका अनुसार ९ जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो ।

उपाध्यक्ष पदका लागि साम्पाङ, डाँगी र चाम्लिङसहित भोगेन्द्र प्रसाद यादव, पुरुषोत्तम चुँडाल, उर्मिला तामाङ, इन्दिरा मिश्र र मोहन बहादुर खत्रीले चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।

त्यस्तै ३ जना सहसचिव पदका लागि १३ जनाको उम्मेदवारी परेको थियो । जसमा ऋषिराम ढुंगाना, कुमारी राई र सागर राई विजयी बने ।

१ जना कोषाध्यक्षका लागि गगनसहित चार जनाको उम्मेदवारी परेको थियो । जसमा मदनकुमार चुँडाल, रामकुमार कार्की र बन्दना झाँगड (अनिशा) रहेका थिए । अधिवेशन २५ बाट सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्