Logo
Logo

कर्मचारीहरुको सरुवा स्थगित



काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको सरुवा स्थगित गरेको हो ।

लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।

यसअघि मन्त्रालयले आवश्यकता र प्राथमिकताका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि स्थायी नियुक्त कर्मचारीहरुलाई कामकाजमा खटाउँदै आएको थियो ।

हेर्नुहोस् सूचना

प्रतिक्रिया दिनुहोस्