Logo
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति चयन प्रक्रिया पूरा



काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय कार्यसमिति चयन भएको छ । बिहीबार बेलुका अबेरसम्म मतगणना सकिएपछि केन्द्रीय कार्यसमिति चयन प्रक्रिया पूरा भएको हो ।

यस्तै निर्वाचित केन्द्रीय कार्य समितिका पदाधिकारी एवं सदस्यलाई निर्वाचन समितिले निर्वाचित भएको प्रमाण पत्र दिने तयारी गरेको छ ।

निर्वाचन समितिका सचिव केशव रिजालका अनुसार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पदाधिकारी एवं सदस्यहरुलाई शनिबार विहान ११ बजे पार्टी कार्यालयमा निर्वाचित भएको प्रमाणपत्र वितरण गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्