Logo
Logo

‘साना कम्युनिष्ट पार्टीहरुसँग पुस १३ गते एकता गर्दैछौं’



दाङ । नेकपा (एकीकृत समाजवादीका) अध्यक्ष माधवकुमार नेपालले विभिन्न पार्टीसँग एकता हुन लागेको खुलासा गरेका छन् ।

दाङको भालुवाङमा पार्टीको लुम्बिनी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले विभिन्न वामपन्थी पार्टीहरुसँग एकता हुन लागेको खुलासा गरेका हुन् ।

साना कम्युनिष्ट पार्टीहरुसँग एकता हुने बताए पनि अध्यक्ष नेपालले तत्काल माओवादी केन्द्र लगायत ठूला पार्टीसँग एकता नहुने बताएका छन् । उनले भने– ‘तत्काल कुनै पनि ठूला कम्युनिष्ट पार्टीसँग एकताको सम्भावना छैन । तर, साना केही दलहरुसँग केही दिनमा एकता भएको सुन्नुहुने छ । यही १३ गते काठमाडौंमा विभिन्न साना पार्टीहरुसँग एकताको घोषणा गर्दैछौं ।’

एकताबाट मात्रै शक्ति आर्जन हुने भन्दै अध्यक्ष नेपालले आन्दोलन सफल पार्न साना कम्युनिष्ट घटकहरुसँग एकता गर्न लागेको बताए ।

नेपालले पाँच दलीय गठबन्धन सबै तहको निर्वाचनसम्म कायम रहने समेत दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्