Logo
Logo
माओवादीको आठौं महाधिवेशन

उद्घाटनमा ११ दललाई निमन्त्रण, केपी ओलीले आतिथ्यता स्वीकार गर्लान् ?



फाइल फोटो

काठमाडौं । आजबाट नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन काठमाडौंमा सुरु हुँदै छ । दिउँसो एक बजे उद्घाटन हुने महाधिवेशनका लागि माओवादीले विभिन्न पार्टीका प्रमुखलाई अथितिको रुपमा निमन्त्रण गरेको छ ।

उद्घाटनमा आतिथ्यका लागि माओवादीले ११ राजनीतक दललाई निमन्त्रणा गरिएको केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए ।

सचिव ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहितका ११ राजनीतिक दललाई निमन्त्रणा गरिएको छ ।

माओवादीको निमन्त्रणामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुने निश्चित रहेको बताइएको छ । तर, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी हुने निश्चित छैन । किनकी, यसअघि एमालेको महाधिवेशनमा प्रचण्ड सहभागी भएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्