Logo
Logo

केपी ओलीले समाजवादी यात्रा मन नपराउँदा नेकपा खारेज भयो : मातृका यादव



काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समाजवाद नचाहेका पार्टी खारेज भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता यादवले यस्तो बताएका हुन् । उनले भने– ‘एउटा अध्यक्षले समाजवादका लागि एकता कायम राख्न खोजेको र अर्को अध्यक्षले प्रधानमन्त्री बन्नकै लागि एकतालाई प्रयोग गर्न खोज्दा पार्टी विभाजन भएको हो ।’

उनले माओवादी आन्दोलन विश्व कम्युनिस्ट आन्दोलनकै केन्द्र रहेको समेत बताएका छन् । माओवादी जनयुद्धले विकास गरेको विचार ‘प्रचण्डपथ’लाई विकास गर्नुको साटो छाडिदिएका कारण क्रान्ति रनभुल्लमा परेको धारणा समेत बताए ।

नेता यादवले वामपन्थीहरुबीच एकता हुनुपर्छ भन्ने पक्षमा आफू सहमत रहेको तर विचार, इमानदार कम्युनिस्ट बीच एकता हुनुपर्छ भन्ने पक्षमा रहेको धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्