Logo
Logo

माओवादीमा प्रचण्डको उत्तराधिकारी को ?



काठमाडौं । नेकपा (एमाले) र नेपाली कांग्रेसमा जस्तै नेकपा (माओवादी केन्द्र)मा पनि मूल नेतृत्व अर्थात अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने निश्चित छ । अध्यक्षपछिको वरीयतामा नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष बन्ने पक्कापक्की जस्तै छ । श्रेष्ठकै लागि वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएको चर्चा माओवादीभित्र व्याप्त छ ।

माओवादी केन्द्रले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित १५ सदस्यीय पदाधिकारीको व्यवस्था गरेको छ । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, २ उपमहासचिव, ३ सचिव र कोषाध्यक्षमध्ये सबैभन्दा चासो महासचिवमा छ ।

माओवादी केन्द्रमा आगामी महासचिवलाई प्रचण्डको उत्तराधिकारीको रुपमा हेर्ने धेरै छन् । यही कारण पदाधिकारीका अन्य पदमा भन्दा महासचिव नै बन्ने होडमा दोस्रो तहका नेताहरू देखिन्छन । महासचिवमा आधा दर्जन नेताले दाबी गरेका छन् । कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, देवेन्द्र पौडेल र हरिबोल गजुरेलले महासचिवमा दाबी गरेका छन् । अन्यले प्रचार बढी गरेपनि पूर्वमहासचिव महरा भने भित्रभित्रै महासचिव बन्न सक्रिय रहेको स्रोत बताउँछ । शर्मा र पुनलाई एकअर्काका प्रतिष्पर्धी देखाएर महरा महासचिव बन्ने दाउमा छन् ।

१० वर्षे युद्धमा प्रचण्ड सुप्रिम कमाण्डर हुँदा शर्मा र पुन दुबै डेपुटी कमान्डर थिए । तत्कालित चार डेपुटी कमाण्डरमा शर्मा र पुनसँगै नन्दकिशोर पुन पासाङ र चक्रपाणि खनाल थिए । पासाङ हाल उपराष्ट्रपति छन् ।

पुन उपचारको क्रममा हाल चीनको सेन्जेनमा छन् । उनी पक्षीय नेताहरूले पुनलाई महासचिव बनाउनुपर्ने लबिङ गरिरहेका छन् । यद्यपि, शर्मालाई महासचिव बनाउनुपर्ने मत माओवादीमा बलियो देखिन्छ ।

स्थायी समिति सदस्य पुन माओवादी केन्द्रीय सचिवालयको इञ्चार्ज छन् भने शर्मा संगठन विभाग प्रमुख । शर्मा अर्थमन्त्रीसमेत हुन् । महाधिवेशन संचालन गर्न दिएर शर्मालाई महासचिव बनाउने संकेत प्रचण्डको दिएको कतिपय बताउँछन् ।

माओवादी केन्द्रमा आगामी महासचिवलाई प्रचण्डको उत्तराधिकारीको रुपमा हेर्ने धेरै छन् । यही कारण पदाधिकारीका अन्य पदमा भन्दा महासचिव नै बन्ने होडमा दोस्रो तहका नेताहरू देखिन्छन । महासचिवमा आधा दर्जन नेताले दाबी गरेका छन् । कृष्णबहादुर महरा, देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, पम्फा भुसाल, देवेन्द्र पौडेल र हरिबोल गजुरेलले महासचिवमा दाबी गरेका छन् ।

शर्मा महासचिव बनेको अवस्थामा उपाध्यक्षमा महरा, पुन, गुरुङ, मातृका यादव, लीलामणि पोखरेल, गिरिराजमणि पोखरेललगायतको सम्भावना प्रवल रहेको माओवादी स्रोत बताउँछ । भुसाल कोषाध्यक्ष बन्न सक्ने एक नेताले दृष्टिलाई बताए । यद्यपि, भुसालले आफू हरेक दृष्टिले महासचिवका लागि योग्य रहेको दाबी गर्दै आएकी छिन् ।

हरिबोल गजुरेल, शक्ति बस्नेत, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, गणेश साहलगायतबाट दुई उपमहासचिव बन्ने स्रोतले बतायो । उपमहासचिवमा नअटेका नेतालाई सचिव बनाउने माओवादीको तयारी छ ।

आठौँ महाधिवेशन अन्तर्गत बन्दसत्र जारी रहँदा अहिलेसम्म अध्यक्ष र वरिष्ठ उपाध्यक्षबाहेक अन्य पदमा को आउँछ भन्ने निश्चित भइसकेको छैन । सहमति भए सहमतिमै र सहमति नभएको खण्डमा मूल नेतृत्व मात्रै चयन गरेर बाँकी पदाधिकारी पछि छनोट गर्ने विकल्पमा पनि माओवादी जान सक्छ । यसअघि प्रदेश अधिवेशनमा माओवादीले प्रदेश सदस्य चयन गरेर नेतृत्व पछि टुंग्याएको थियो । महाधिवेशनबाटै अध्यक्षसहित सबै पदाधिकारी र केन्द्रीय सदस्य टुंगो लगाउनुपर्ने मत माओवादीमा बलियो रुपमा देखिएको छ । तर, प्रचण्ड जे चाहन्छन् माओवादीमा त्यही हुनेमा शंका छैन । यद्यपि, माओवादीलाई पदाधिकारी समावेशी बनाउनुपर्ने चुनौती छ ।

प्रतिक्रिया दिनुहोस्