Logo
Logo

देशभर वर्षा, चन्द्रागिरिमा हिमपात



काठमाडौं । देशभर आज मौसम बदली भई देशका अधिकांश ठाउँमा बर्षा भएको छ । पूर्वानुमान महाशाखाले हिमाली र उच्च पहाडी क्षेत्रमा हिउँ परिरहेको जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि रातिदेखि नै हिमपात सहित पानी परेको छ । त्यस्तै उपत्यका आसपासका डाँडाहरूमा हिमपात भएको भएको छ ।

काठमाडौंको चन्द्रागिरि डाँडामा बाक्लै हिमपात भएको छ । चन्द्रागिरिमा यो वर्षको पहिलो पटक हिमपात भएको हो ।

चन्द्रागिरीमा हिमपात सुरु भएको चन्द्रागिरी हिल्स लिमिटेडका जेनेरल म्यानेजर अभिषेक बिक्रम शाहले जानकारी दिएका हुन् ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबारसम्मै मौसममा आंशिकदेखि सामान्य बदली आई हिमपात र पानी पर्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्