Logo
Logo

र्‍यापर लाउरे पोखराबाट पक्राउ



काठमाडौं । चर्चित र्‍यापर लाउरे पक्राउ परेका छन् । उनलाई पोखराको न्युरोडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताए ।

लाउरे नामले परिचित उनको वास्तविक नाम भने आशिष राना मगर हो । जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले उनीसँगै लागु औषध कारोबार गर्ने समूह चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको बताए ।

डिएसपी तिवारीका अनुसार पोखरा घर भएका उनलाई लागुऔषध सेवन गरेको आरोपमा पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीमा राखिएको उनले बताए । उनी रियालिटी शो हिमालय रोडिजका निर्णायक समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्