
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रहेको छ ।
आज दिउँसो देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दूई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभर आंशिक बदलीको संभावना रहेको महाशाखाले जनाएको छ ।














