काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्री निर्वाचन भए एमाले पत्तासाप हुन बताएकी छन् । नेकपा एकीकृत समाजवादीकी सचिव समेत रहेकी झाँकी शुक्रबार गुल्मी पार्टी कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै निर्वाचन भए नेकपा एमाले पत्तासाप हुने बताएकी हुन् ।
सत्ता बाहिर बस्नु पर्दाको पीडाले एमाले अत्तालिएको भन्दै मन्त्री झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नै नचाहेको पनि बताएकी छन् ।
त्यस्तै मन्त्री झाँक्रीले जनताको समस्या बोल्ने र समाधान गर्ने थलो संसद अवरुद्ध गरेर एमालेले निरंकुश पारा देखाएको आरोप लगाईन् ।
जनताको समस्यालाई समाधान गर्ने थलोलाई बन्धक बनाउनु दुःखद् भएको भन्दै मन्त्री झाँक्रीले संसदलाई बन्धक बनाइ राख्ने प्रवृत्तिको अन्त्य गरी जनताको समस्या समाधान तर्फ लाग्न एमालेलाई सुझाव समेत दिएकी छन् ।
मन्त्री झाँक्रीले अहिलेको गठबन्धन निर्वाचनसम्म मात्रै नभइ निर्वाचन पश्चात पनि कायमै रहेन मन्त्री झाँक्रीको भनाई छ ।