Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आठौं महाधिवेशन अन्तर्गत आज (शनिबार) ११ बजे सुरु हुने बन्दसत्र सुरु हुँदैछ ।

आजको बन्दसत्रमा स्थायी समिति सदस्य देव गुरुङले विधान संशोधन प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदैछन् ।

त्यसअघि माओवादी केन्द्रको स्थायी समिति बैठक बसेको छ । बैठक प्रज्ञा भवन, कमलादीमा सुरु भएको हो ।

आज विधान संशोधन प्रस्ताव पारित भएपछि निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ । माओवादीले सहमतिमै नेतृत्व चयन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्