
काठमाडौं । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) बन्दसत्रमा पार्टीको विधानमाथि छलफल सुरु भएको छ ।
विधानमा रहेको बहुपदीय कायम राख्दै पदाधिकारी संख्या केन्द्रिय समितिले आवश्यक्ता अनुसार निर्धारण गर्ने तयारी गरेको छ । मनोनित १५ प्रतिशत गर्न प्रस्ताव गरिएको एक नेताले जानकारी दिए ।
नेता देव गुरुङको संयोजकत्वमा क्लस्टर अनुसारको प्रतिनिधित्वका विषयमा सुझाव दिन कार्यदल गठन गरिएको थियो ।
माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गतको बन्दसत्रमा आज नेतृत्व चयन हुने जनाइएको छ ।
माओवादीमा १५ जना पदाधिकारीसहित २ सय ९९ जनाको केन्द्रीय समिति रहनेछ ।














