Logo
Logo
माओवादीको आठौं महाधिवेशन

माओवादीले आज पदाधिकारी चयन गर्ने


3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) अध्यक्षसहितको १५ सदस्यीय पदाधिकारी सोमबार (आज) चयन गर्दैछ ।

आइतबार आठौं महाधिवेशन समापनपछि प्रवक्ता कृष्णबहादुर महराले केन्द्रीय समितिको सोमबार बस्ने बैठकले अध्यक्षसहित १५ सदस्यीय पदाधिकारी घोषणा गर्ने जानकारी दिए ।

बैठक आज अपरान्ह ३ बजे सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले पोलिटब्युरो, स्थायी समिति र पदाधिकारी चयन गर्ने माओवादीको तयारी छ ।

सोमबार बस्ने बैठकको समय सोमबारै तय हुने समेत उनले बताए । आज अध्यक्ष प्रचण्डले महाधिवेशनको बन्दसत्रमा २९९ सय केन्द्रीय सदस्यमध्ये २३६ जनाको नाम सिफारिस गरेका थिए । ती नामहरू बन्दसत्रले ताली ठोकेर अनुमोदन गरेको छ ।

कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ । उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुने उनले बताए ।

महराका अनुसार बाँकी पदाधिकारी र केन्द्रीय सदस्य केन्द्रीय समितिको बैठकले टुंगो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्