
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लिम्बुवानको मुद्धा बेलैमा सम्बोधन नगरे महंगो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले पछिल्लोपटक आफुले गरेको लिम्बुवान भ्रमणपछिको अनुभुति समामाजिक सञ्जालमार्फत उल्लेख गर्दै यस्तो चेतावनी दिएका हुन् ।
नेपालका जातीय मुक्ति आन्दोलनहरुमध्ये सबैभन्दा पुरानो र सशक्त लिम्बुवान आन्दोलन हुनुको पछाडी यसको एैतिहासिक विशेषाताबारे पनि उल्लेख गरेका छन् ।
‘यसपटकको लिम्बुवान भ्रमणपछिको अनुभूतिः नेपालका जातीय मुक्ति आन्दोलनहरूमध्ये सबैभन्दा पुरानो र सशक्त लिम्बुवान आन्दोलन हुनुको पछाडि यसको ऐतिहासिक विशिष्ठता (गोरखा राज्यसंगको सम्झौता), जातीय समरूपता, आफ्नै लिपीसहितको भाषा÷साहित्य, मौलिक धर्म÷संस्कृति (मुन्धुम), आर्थिक प्रणाली (किपट प्रथा)आदि रहेछ’ उनले समाजिक सञ्जालमा लेखेका छन्, ‘राज्य पुनर्संरचना आयोगको प्रतिवेदन अुरूप बेलैमा समस्या हल गरौं ! नत्र भोलि महॅगो पर्नसक्छ !’














