Logo
Logo

भुवा पर्वको दोस्रो दिन, ताप्रामा विभिन्न झांकी प्रदर्शन


नन्दा थापा


बाजुरा । सुदूरपश्चिमको आफ्नै मौलिक संस्कृति पर्वको रुपमा रहेको भुवा पर्व अहिले बाजुरामा पनि हर्षोल्लासका साथ मनाई रहेका छन् । प्रत्येक वर्ष पुसे औंसीको अघिल्लो दिनदेखि सुरु गरिने भुवा पर्व बाजुरा, बझाङ अछाम लागयतका सुदूरपश्चिमका धेरै जिल्लामा खेलिने दशैंपछिको दोस्रो ठुलो पर्व हो ।

विशेष गरी भुवा पर्व मनाउने सुदूरपश्चिमका तीन जिल्ला मध्ये बाजुराको ताप्रामा आंैसीको दिन सबैभन्दा ठुलो मेला लाग्ने गर्दछन् । बाजुरा जिल्लाको ताप्रामा अन्य जिल्लाको भन्दा केही फरक मौलिकमा भुवा पर्व मनाउने चलन रहेको छ । पुस चार गते पुर्णिमाको बेुलकाबाटै भुवा खलामा दिनमा चाली खेल्ने र बेलुका देउडा भारीखेल, भोस्सो लगायतका विभिन्न खेल छुट्टाछुटै खेल्ने चलन छ ।

अन्य ठाउँमा पुसमा वर्षेनी भुवा पर्व मनाउन्छन् भने ताप्रामा दुई–दुई वर्षको फरकमा यो पर्व मनाउने गर्छन्, पुसको ४ गते पुर्णिमादेखि बेलुका भस्सो, भारीखेल खेल्ने र औसीको दिन ठुलो मेला लाग्ने गर्दछ, रामायणले सीतालाई हरण गरेर लंका लिएको र सीता ल्याउन रामलाई दुई वर्ष लागेको धार्मिक विशेषताका आधारमा ताप्रामा दुई वर्षको फरकमा भुवा पर्व मनाउदै आएको गाउँका जानकार बसन्त थापा बताउछन् ।

ताप्रामा यो पर्व अयोध्याबाट सुरु गरिन्छ, सीतालाई कौसुवनबाट हरण गरेर रावणले लंका लिसकेपछि लंकाबाट सीतालाई ल्याउन दुई वर्ष लागेको भन्ने भनाई छ, त्यो भन्दापछि सीतालाई लिएर आइसकेपछि सीतालाई अयोध्यामा पुगायो, अयोध्यामा पुगाइसकेपछि लंकालाई हनुमानले भस्माकर गरिसकेपछि ‘भयो की’ भन्ने शब्दबाट भस्सो भनिएको हो भन्ने धार्मिक विश्वास रहेको छ स्थानीय तथा भुवा पर्व संयोजक दलबहादुर थापाले बताएका छन् ।

भुवा अयोध्याबाट मालमदेश आयो, मालमदेशबाट श्रीदर्ना आयो श्री दर्नाबाट लवा ढुङ्गा र लवा ढुङ्गाबाट ताप्रा आएको त्यहाँका स्थानीय बताउन्छन्, ताप्राका गाउँको मुसलबाडामा जोगी हरीना बनाउन लाग्यो, त्यसपछि एक जना कलाकर्मी वित्या, त्यसपछि गणतोला चौर्यात भन्ने ठाउबाट भुवा ल्याउन थाल्यो

त्यहाँपनि एक जना कलाकारर्मी वित्यो त्यसपछि यो जटिल समस्यालाई के गर्ने भनेर सबैले सल्लाह गर्दा मष्टा देवताले सबै भुवाहरुलाई एकीकरण गरेर दाना फालेपछि एकै ठाउँमा भुवा मनाउन सुरु गरिएको थापाको भनाई छ ।

हनुमानले लंका जलाएका उत्सवमा राकेजुलस गर्ने गरेको स्थानीय धनबहादुर थापाले बताएका छन्, उनले मुष्ठाको ठाउँमा झाकी बनाउने र दुई स्थानमा हरीनु बनाउने चलन रहेको बताए । औंसीको अघिल्लो दिन राके जुलुस निकालिने गरिन्छ, औंसीको दिनभरी कसैले चाली खेल्ने र कसैले मान्छेलाई मुकुट लगाई शृंगार गरी कसैलाई बाघ, चित्तल, हरिण, जोगी बनाई बाजागाजाका साथ घुमाउने र रमाइलो गर्ने चलन छ ।

यस दिन बाजुराका विभिन्न ठाउँबाट र बझाङ, अछामबाट समेत मेला हेर्न आउने गर्दछन् । बाजा–गाजा, लस्कर हुँदै औंसी र प्रतिपदाका दिन चम्काएका ढाल तरवार बाजागाजासहित भुवाको रमाइलो गर्ने गर्दछन् ।

ताप्रामा यो दिन छरछिमेकहरूले आ–आफनो घरमा मिष्ठान्न परिकारहरू पकाउँछन् र आपसमा बाँडेर खान्छन् । दसैंपछिको ठूलो पर्वका रूपमा लिइने यस पर्वमा वर्षदिनसम्म भेटघाट नै नभएका इष्टमित्र, दाजुभाइबीचको सम्बन्ध प्रगाढ हुने जनविश्वास समेत रहेको थापाको भनाई रहेको छ ।

बुढीगंगा नगरपालिका वडा नं. २ का वडाध्यक्ष हिरालाल थापा पछिल्लो समय यस्ता मौलिक पर्वहरु हराउदै जाने भएकाले यस्ता पर्वलाई संरक्षण गर्न स्थानीय सरकारले विषेश ध्यान दिनु पर्ने बताउँदै आफूले पनि संरक्षण गर्न वडाबाट आर्थिक सहयोग गरी महोत्सवको रुपमा मनाउने गरिएको बताए ।

यो पर्वमा हातमा तरबार र ढाल लिई सामूहिक रूपमा बाजागाजासहित घर–घरमा गई भस्सो खेलिने हुँदा जसबाट घरमा सम्पत्ति भित्रिने र खेलको माध्यमबाट समाजका विकृति–विसंगतिको अन्त्य भई समतामूलक समाज निर्माण हुने जनविश्वास समेत रहेको छ वडाध्यक्ष थापाले बताए ।

बायाँ हातमा ढाल दायाँ हातमा तरबार लिई बाजाको तालसँगै गुरुको निर्देशन अनुसार सुस्त गतिबाट भुवा खेल्ने गरिन्छ । ताप्रामा भुवा पर्वमा २१ गते प्रत्येक घरमा भस्सो चाली खेल्ने गरिन्छ, त्यस्तै गाउँमा छैठ खेल्ने चलन पनि रहेको छ ।

त्रेतायुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डव पक्षले खुसियाली मनाएको दिनमा यो पर्व मनाउने गरिन्छ । पाण्डव र कौरवको लडाइँमा रात परेपछि उज्यालोको आवश्यक भएकाले राँको सल्काई लडाइँ सुरु गरेको स्मरणमा अहिले पनि मध्यरातमा राँके जुलुस निकाल्ने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्