काठमाडौं । १० बुँदेको नाममा ‘एकता पक्षधर’ भन्दै एमालेमा रहेका मध्यपन्थीहरु जनसंगठनबाट धमाधम लखेटिँदै छन् । यसको शुरुवात खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलबाट भएको हो ।
उनी माधव नेपाललाई अन्तिममा धोका दिएर एमालेमै फर्किनेमध्येका नेता हुन् । एमालेमा फर्किंदा पुराना पदहरु सुक्षित हुन्छन् भन्ने आशामाथि शुरुदेखि नै तुषारापात लाग्यो । उनी खेलकुद महासंघको अध्यक्ष बनाइएनन् । ओली पक्षले गठन गरेको रमेश पौडेल नेतृत्वको महासंघलाई नै आधिकारिकता दिइयो । पौडेल इञ्चार्जका रुपमा रहे । आफू अध्यक्ष हुन नसकेपछि पुरुषोत्तमले उपेन्द्र पौडेललाई अध्यक्ष बनाउन प्रयास गरे । तर, केपीले मानेनन् । अन्ततः पुरुषोत्तम, उपेन्द्रसहित खेलकुद महासंघका १० बुँदे पक्षधरहरु उक्त संगठनबाट सम्पूर्ण रुपमा कत्लेआम पारिएका छन् ।

चौतारीमा असन्तुष्टि
इञ्चार्ज चयन र भावी अध्यक्षको विषयलाई लिएर प्रेस चौतारीमा विवाद चुलिएको छ । ०६९ सालमा संगठनको अध्यक्ष पदमा शर्मनाक पराजय व्यहोरेका विष्णु रिजाल अहिले प्रेस चौतारीको इञ्चार्ज बनाइएका छन् । उनलाई इञ्चार्ज बनाइँदा उनीभन्दा निक्कै सिनियर प्रमोद दाहाल, श्रीधर आचार्य, राजेन्द्र अर्यालहरुले संगठनका बैठक, भेलामा जाने बाटो बन्द भएको छ ।
इञ्चार्ज चयन र भावी अध्यक्षको विषयलाई लिएर प्रेस चौतारीमा विवाद चुलिएको छ । ०६९ सालमा संगठनको अध्यक्ष पदमा शर्मनाक पराजय व्यहोरेका विष्णु रिजाल अहिले प्रेस चौतारीको इञ्चार्ज बनाइएका छन् । उनलाई इञ्चार्ज बनाइँदा उनीभन्दा निक्कै सिनियर प्रमोद दाहाल, श्रीधर आचार्य, राजेन्द्र अर्यालहरुले संगठनका बैठक, भेलामा जाने बाटो बन्द भएको छ ।
माधव नेपालपक्षीय समाजवादी प्रेस संगठनमा लागेका पत्रकारहरुलाई चौतारीमा फिर्ता गराउने विश्वासका साथ रिजाललाई इञ्चार्ज बनाइए पनि उनका कारण समाजवादी प्रेस संगठनमा संगठित भएका कुनै पत्रकार चौतारीमा फर्किएनन् । उनले समाजवादीबाट कम्तीमा ५० प्रतिशत पत्रकार चौतारीमा फिर्ता नलगेमा माघ २२–२३ मा हुने राष्ट्रिय सम्मेलनपछि इञ्चार्जबाट हटाइने भएको छ । बालकोटले चौतारीको अध्यक्षमा प्रमोद दाहाल, श्रीधर आचार्य, राजेन्द्र अर्याल, गगन विष्टमध्ये एकलाई अगाडि सार्ने भएको छ । तर, इञ्चार्ज रिजाल यी सबैभन्दा जुनियर हुनाले उनी इञ्चार्ज रहँदासम्म अध्यक्ष हुन नजाने बताइरहेका छन् ।
अखिलमा भाँडभैलो
अखिलमा सुनिता बराललाई नेता मानेर जान नसकिने भन्दै रश्मी आचार्य, महेश बर्तौला, आरसी लामिछानेहरु विद्रोहको मनस्थितिमा पुगेका छन् । राष्ट्रिय सम्मेलनको मिति तय गर्न झापामा आयोजित केन्द्रीय कमिटी बैठकमै अध्यक्षको प्रस्तुतिकरण र भूमिकालाई लिएर विवाद भएको थियो । अखिलको नेतृत्वमा राजनीतिक चेतना कम भएको व्यक्ति हावी भएपछि संगठन दिनदिनै धराशायी भएको भन्दै बैठकका सहभागीहरुले आपत्ति जनाएका थिए ।
वकिलहरुको संगठन पिपिएलएबाट १० बुँदे पक्षधर अध्यक्ष रुद्र नेपाललाई ‘टुप्पीमा आगो सल्काएको’ शैलीमा लखेटिएको छ । बागमती प्रदेशसभा सदस्य रहेकी पत्नी मीना ज्ञवाली एकीकृत समाजवादीमा लाग्दा पनि एमालेमै रहेका रुद्र राष्ट्रिय सम्मेलन आयोजना निर्णय प्रक्रियादेखि संगठनबाट हटाइएका हुन् । राष्ट्रिय सम्मेलनको मिति तोक्ने प्रयोजनका लागि हालै सम्पन्न पिपिएलएको बैठकको अध्यक्षता उपाध्यक्षमध्येकी जुनियर रमा श्रेष्ठले गरिन् । इञ्चार्जका रुपमा रमेश बडाल गएका थिए । माघ २७ र २८ मा राष्ट्रिय सम्मेलनको निर्णय भएको छ । तर, अध्यक्ष रुद्र नेपालले अरुबाट सुनेपछि मात्रै उक्त निर्णय थाहा पाए ।











