Logo
Logo

भौतिक मन्त्री यादवको पद धरापमा



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणकुमारी यादवले ४ महिनामात्र जागिर अवधि भएका शिवहरि सापकोटालाई सडक विभागको महानिर्देशक बनाएकी छन् । आगामी २०७९ बैशाख १९ मा अनिवार्य अवकाश हुने सापकोटालाई मन्त्री यादवले मोटो रकमको प्रलोभनमा महानिर्देशक बनाएको भन्दै जनता समाजवादी पार्टीमा चर्को बिरोध भएको छ । जसपाका नेता राजकिशोर यादवसहितका नेताहरुले मन्त्री यादवले ४ महिनामात्र जागिर अवधि भएका सापकोटालाई महानिर्देशक बनाउँदा प्रलोभनमा परेको विषय पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष उठाएका छन् । यतिसम्म कि राजकिशोर यादवहरुले उनलाई मन्त्री पदबाटै हटाउन उपेन्द्र यादवसमक्ष हारगुहार नै गर्न पुगेका छन् ।

१० महिनाअघि गतबर्ष फागुनमा सडक विभागको महानिर्देशकमा सरुवा भएका अर्जुनजंग थापालाई मन्त्रालयको निर्माण महाशाखामा लगिएको छ । थापाको जागिर अवधि पनि ४ महिनामात्र छ । ४ महिनामात्र जागिर अवधि बाँकी भएका थापालाई सरुवा गर्न निजामती सेवा ऐन अनुसार पनि मिल्दैन । तर मन्त्री यादवले निजामती सेवा ऐन बिपरीत उनलाई सरुवा गरेकी छन् ।

भौतिक मन्त्रालयमा थापा तुलनात्मक रुपमा इमान्दार सहसचिवका रुपमा चिनिन्छन् । तर मन्त्री यादवले इमान्दार भन्दा पनि बढी रकम कबोल गर्ने सापकोटालाई रोजेकी छन् । अवकाश हुने बेलामा सापकोटालाई महानिर्देशक बनाउनका लागि एडीबी सडक परियोजनाका प्रमुख सुशीलबाबु ढकालहरुको विशेष जोडबल रहेको चर्चा भौतिक मन्त्रालयमा हुने गरेको छ । भारतीय सहयोगको रोड इन्प्रुभमेन्ट एण्ड डेभलपमेन्ट प्रोजेक्टको प्रमुख हुँदा पनि ठूला ठेकेदारसँग सेटिङ गरी अकूत सम्पत्ति आर्जन गरेका ढकाल अहिले अर्को आकर्षक एडीबी परियोजनाका प्रमुख छन् । ढकालकै डिजाइनमा सापकोटालाई ४ महिनाका लागि महानिर्देशक बनाई त्यसपछि उनलाई लानेगरी सेटिङ भएपछि मन्त्री यादवले पुस १६ गते निर्णय गरेको भौतिक मन्त्रालय स्रोत बताउँछ ।

आगामी २०७९ बैशाख १९ मा अनिवार्य अवकाश हुने सापकोटालाई मन्त्री यादवले मोटो रकमको प्रलोभनमा महानिर्देशक बनाएको भन्दै जनता समाजवादी पार्टीमा चर्को बिरोध भएको छ । जसपाका नेता राजकिशोर यादवसहितका नेताहरुले मन्त्री यादवले ४ महिनामात्र जागिर अवधि भएका सापकोटालाई महानिर्देशक बनाउँदा प्रलोभनमा परेको विषय पार्टीका अध्यक्ष उपेन्द्र यादवसमक्ष उठाएका छन् । यतिसम्म कि राजकिशोर यादवहरुले उनलाई मन्त्री पदबाटै हटाउन उपेन्द्र यादवसमक्ष हारगुहार नै गर्न पुगेका छन्

थापाको सरुवापछि सडक विभागमा एकै आर्थिक बर्षमा ३ वटा महानिर्देशक हुने भएका छन् । आर्थिक बर्षको दोस्रो चौमासिकको सुरुमा थापाको सरुवा भयो । आर्थिक बर्षको अन्तिम ३ महिना बैशाख १९ सम्म सापकोटाले सडक विभागको नेतृत्व गर्नेछन् । र, आर्थिक बर्षको अन्तिम २ महिनामा ढकाल महानिर्देशक हुनेगरी सेटिङ मिलाइएको छ । सडक विभागदेखि हरेक विकासे अड्डामा आर्थिक बर्षको समाप्तीपछि महानिर्देशकदेखि भौतिक सचिव र मन्त्रीसम्मलाई आयोजना प्रमुख र डिभिजन प्रमुखहरुबाट निश्चित प्रतिशत पीसी छुट्याउने गरिन्छ । पीसी लिने बेलामा ढकाल महानिर्देशक हुने भएका छन् ।

मन्त्री यादवले सडक विभाग र अन्तर्गतका आयोजना, डिभिजनका डीईहरुबाट रकम असुली गर्नका लागि घुमुवा नै राखेको आरोप छ । सडक विभागमा २० बर्षअगाडिदेखि नै कालोसूचीमा परेका बदनाम ठेकेदार राजकिशोर गुप्तालाई उनले घुमुवा राखेकी छन् । गुप्ताको काम नै सडक डिभिजन र आयोजनाका इन्जीनियर र डीईहरुसँग मोलमोलाई गर्ने हुँदैआएको छ ।

भौतिक मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले गएको असोजमा सरुवा गरेका र आगामी साउनमा अवकाश हुने डीईहरुले गुप्ताले मागेको घुस नदिंदा दीपक श्रेष्ठहरुलाई पुल महाशाखाबाट करिडोरमा थन्क्याइएको छ । गुप्तालाई मागेजति घुुस दिएर उमेशविन्दु श्रेष्ठ पुलमा लगिएको छ । जागिर अवधि थोरै भएको र भर्खरै सरुवा भएकाले मन्त्रीका घुमुवा गुप्ताले मागेको घुस नदिएका उनीहरुलाई सरुवा गरेपछि सडक विभागमा आतंक छाएको छ ।

सडक विभाग अन्तर्गत यस्तो सरुवा आतंक यसअघिका कुनै मन्त्रीले समेत नगरेको एक डीईले दृष्टिलाई बताए । उनले भने–‘मन्त्री यादवले खुलेआम पैसा मागेपछि आयोजना वा डिभिजन प्रमुखले ठेकेदारसँग माग्छ, मन्त्रीलाई घुस दिनुपरेपछि सडक कसरी गुणस्तरीय निर्माण हुन्छ ?’

गुप्ताले सडक विभाग अन्तर्गत दररेट असुली पारस हमाललाई कास्की डिभिजन सरुवा गरेकी छन् । जसपाका गण्डकी अध्यक्षको सिफारिस नारायणदत्त भण्डारीलाई कास्कीमा लान सिफारिस गरेका थिए । तर गुप्ताले हमालसँग डबल भेटी लिएर भण्डारीलाई हिस्स पारिदिए ।

प्रतिक्रिया दिनुहोस्